सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट बिच सहकार्य

MoU Between Sunrise Bank and Nepal Banking Institute

काठमाडौं, साउन २९

सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट बिच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सन्राइज बैंकका कर्मचारीहरुलाई व्यक्तित्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उत्त सम्झौता, यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here