मिस युनिभर्स २०२३ विजेता शेनिस पालासियोस नेपालमा नेपाली सौन्दर्य प्रतियोगिताको लागि एक ऐतिहासिक उपलब्धि

Miss Universe Sheynnis
Share It On:

१३ भदौ, काठमाडौं ।

नेपालको इतिहासमा पहिलो पटक मिस युनिभर्स विजेताले भ्रमण गर्दैछिन् । मिस युनिभर्स नेपाल २०२४ मा अतिथिको रुपमा मिस युनिभर्स २०२३ शेनिस पालासियोस नेपाल आएकी हुन् ।

Miss Universe Sheynnis Palacios

यस ऐतिहासिक क्षण नेपालको सौन्दर्य प्रतियोगिताको लागि एक महत्वपूर्ण कोसेढुङ्गा रहेको आयोजकको दाबी छ । शेनिस मिस युनिभर्स नेपाल २०२४ को प्रि–जजमेन्ट राउन्डसम्म रहने आयोजकले जनाएको छ ।

मिस युनिभर्स नेपालकी नेसनल डाइरेक्टर, संगीता पुरीले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो , “मिस युनिभर्स २०२३ शेनिस पालासियोसलाई नेपालमा स्वागत गर्न पाउँदा हामी निकै गर्वित छौं ।

उहाँको भ्रमण नेपालको सौन्दर्य प्रतियोगिताको लागि एक ऐतिहासिक उपलब्धि हो । साथै विश्व सौन्दर्य समाजमा नै यसले सौन्दर्य प्रतियोगिताप्रति नेपालको बढ्दो आकर्षणलाई उजागर गरेको छ । हामी प्रतियोगिहरुलाई उत्कृष्ट प्रशिक्षण र अवसर दिन प्रतिबद्ध छौँ र सोही अनुरुप काम गरिरहेका छौं ।

”त्यसैगरी मिस युनिभर्स २०२३ शेनिस पालासियोसले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो , “पहिलो पटक नेपाल भ्रमण गर्न पाउँदा म निकै उत्साहित छु । मिस युनिभर्सको रूपमा मैले नेपाली महिलाहरूलाई सशक्त बनाउने र यहाँको विविधतालाई पनि सङ्गाल्ने अवसर पाएको छु । म नेपालको राष्ट्रिय तथा सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्नुका साथै नेपालको पर्यटन र आर्थिक वृद्धिको प्रवर्धनमा योगदान पुर्‍याउन चाहन्छु । मलाई विश्वास छ मेरो यो नेपाल भ्रमणले विश्वभरका मानिसहरूलाई नेपालको मौलिकताका बारेमा जानकारी पुग्नेछ ।

निकारागुआको मानागुवाबाट आएकी २४ वर्षीय शेनिस पालासियोस एक अधिवक्ता (मानसिक स्वास्थ्य) र अडियो भिजुअल निर्माता पनि हुन । उनको यो भ्रमण सौन्दर्य प्रतियोगिता क्षेत्रको लागि गर्वको क्षण मात्र नभएर विश्व पर्यटकका लागि नेपाललाई एक प्रमुख गन्तव्यको रूपमा चिनाउने सुनौलो अवसर पनि हो । यो अन्तर्राष्ट्रिय सौन्दर्य र फेसन क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्ने प्रमाण पनि हो ।

पालासिओसको आगमनले नेपालको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । सामाजिक सन्जालमा व्यापक फलो र अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त शेनिसको भ्रमणले पर्यटक र लगानीकर्ताहरूलाई नेपालमा आकर्षित गर्ने आयोजक कम्पनीले विश्वास व्यक्त गरेको छ ।

मिस युनिभर्स पालासिओसले आफ्नो भ्रमणको क्रममा सांस्कृतिक आदानप्रदान, प्रमुख सरोकारवालाहरूसँग भेटघाट र प्रतिष्ठित पर्यटक गन्तव्यहरूको भ्रमण लगायत कार्यक्रमहरूमा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगीहरुलाई अनिल केशरी शाह, चारु चड्डा, माल्भिका सुब्बा, रन्जित आचार्य, सुरक्षा भट्टराई, घन गुरुङ, सोफिया भुजेल, सिद्धार्थ सिंह र मिलन चाम्स लगायतका ख्यातिप्राप्त व्यक्तित्वहरुले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिरहेका छन् । मिस युनिभर्स नेपाल २०२४ को ग्राण्ड फिनाले सेप्टेम्बर ७ मा हुने तय भएको छ ।

For more details: Miss Universe Sheynnis Palacios


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *