अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह

Ministry of Worker

१६ चैत, काठमाण्डौं।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ ।

श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो ।

श्रमिकहरुमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरु गम्भिर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन रहेका छन् । त्यस्तै दुर्घटनाका कारण पनि श्रमिकहरु स्वास्थ्य संकटमा परेका छन् ।

तसर्थ श्रमिकको शिघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित वेडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको श्रममन्त्री डोलप्रसाद आर्यलले बताए ।

मन्त्रालयले बिषेश गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रहरुमा स्वास्थय मन्त्रालय अन्र्तगत रहेको अस्पतालमा, स्वास्थ विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरुमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको हो ।

अस्पतालको बेड क्षमताका आधारमा निश्चित संख्यामा बेडहरु छुट्याई दिन मन्त्रालयले आग्रह गरेको हो । त्यस्तै, मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र अस्पतालहरुमा श्रमिक हेल्प डेस्क समेत राख्न आग्रह गरिएको छ ।

श्रमिकहरुलाई प्राथमिकता दिई स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागी उपचार गर्न फर्किएका श्रमिकहरुलाई उपचार लगायतका विषयहरुमा सूचना एवं परामर्श दिनका लागि सहयोग कक्ष राख्न आग्रह गरिएको हो ।

अपस्तालमा उपयुक्त जनशक्ति सहितको एक स्वास्थ्य परामर्श इकाई स्थापना गर्न समेत आग्रह गरिएको छ । नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिव ७० लाख श्रमिकहरु कार्यरत छन् । यसका साथै वार्षिक सात लाख भन्दा बढी संख्यामा श्रमिकहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here