मेटलाइफ नेपालको सेवा जुम्लामा विस्तार: वित्तीय सुरक्षा र बीमा सेवा अब दुर्गम क्षेत्रमा पनि
१३ वैशाख, काठमाडौं।
मेटलाइफ नेपालले जुम्लामा आफ्नो नयाँ एजेन्सी कार्यालयको औपचारिक उद्घाटन गरी सेवा विस्तार गरेको छ। दुर्गम क्षेत्रका बासिन्दाहरूलाई वित्तीय सुरक्षा, बीमा पहुँच र वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस पहलले स्थानीयस्तरमा रोजगारीका अवसर समेत सिर्जना गर्नेछ।
यसका साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत मेटलाइफले जुम्लाका स्थानीय विद्यालयहरूलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्नुका साथै युवाहरूका लागि बीमा सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरेको छ।
नेपालभर बीमा सेवा पुर्याउने मेटलाइफको यो कदमले जुम्ली समुदायको सुरक्षित आर्थिक भविष्य निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जुम्लाका बासिन्दाले भोग्दै आएका विशेष चुनौतीहरू जस्तै सीमित पूर्वाधार र वित्तीय सेवासम्मको दूरीलाई मध्यनजर गर्दै स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
यस पहलमार्फत स्थानीय परिवारलाई व्यवहारिक उपकरण र मार्गदर्शन उपलब्ध गराई उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पु¥याउने उद्देश्य राखिएको छ।
जुम्ला समुदायलाई थप सहयोग पु¥याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।
यस सहयोगले विद्यार्थीहरूलाई थप आकर्षक र अन्तरक्रियात्मक सिकाइ वातावरण प्रदान गर्नुका साथै शिक्षकहरूलाई आधुनिक कक्षाकोठा प्रविधिसँग सुसज्जित बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ।
साथै, मेटलाइफ नेपालले स्थानीय युवालाई लक्षित गरी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, जसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
जुम्ला कार्यालय उद्घाटन कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले भन्नुभयो, “जुम्ला एजेन्सी कार्यालयको उद्घाटनले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पु¥याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
बीमा सेवाको पहुँच विस्तारसँगै, हामी शिक्षामा सहयोग र युवामाझ बीमा सचेतना अभिवृद्धिमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्न पनि उत्तिकै प्रतिबद्ध छौं, जसले उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पु¥याउँछ।”
For more: MetLife in Jumla Nepal


