किन मेसेजिंग एपहरू मार्केटरहरूको लागि प्रथम छनौट हुनुपर्छ ?

Messaging Apps S
Share It On:

असार २३, काठमाडौँ।

हामी संवादी व्यापारको युगमा बाँचिरहेका छौं । जसरी डिजिटल ल्यान्डस्केप विकसित हुँदै गइरहेको छ, मार्केटरहरूले उपभोक्तासँग जोडिनका लागि आफ्नो प्रथम छनोटको रूपमा परिवर्तन र लाभ उठाउने मेसेजिंग एपहरू बनाउनु पर्छ।

आउनुस् त्यस्ता एपहरू किन प्रभावकारी मार्केटिङ, उपभोक्ताहरूसँगको बलियो सम्पर्क र उच्च ब्रान्ड राजस्वका लागि महत्वपूर्ण छन् भनेर अन्वेषण गरौं ।

मार्केटरहरूको लागि मेसेजिंग एपहरूको अथाह सम्भावना

आजका उपभोक्ताहरूले आफ्नो प्राथमिकता, रुचि र व्यवहारको आधारमा आफूलाई अनुकूल हुने अनुभवहरूको अपेक्षा गर्छन् ।

निजीकृत मार्केटिङले विश्वास र वफादारी निर्माण गर्न मात्र मद्दत गर्दैन बरु रूपान्तरणको सम्भावना पनि बढाउँछ । यो सरल छ: मानिसहरू सान्दर्भिक र आफ्ना लागि अनुकूलित सामग्रीसँग संलग्न हुने सम्भावना बढी हुन्छ ।

व्यक्तिगत अनुभवहरू सिर्जना गर्नका लागि व्यवसायहरूले वास्तविक समयमा ग्राहक डेटा प्राप्त गर्ने र विश्लेषण गर्न सक्षम पार्ने उपकरण र प्लेटफर्महरूमा लगानी गर्नुपर्छ ।

हुटसुइटको हालैको अध्ययनले सबैभन्दा बढी च्याट र मेसेजिङ एपहरूले प्रयोगकर्ताको ध्यान जितेको देखाएको छ: यी एपहरू सामाजिक सञ्जाल, सर्च इन्जिन र वेब पोर्टलहरूभन्दा बढी प्रयोग गरिन्छ ।

मानिसहरूले म्यासेजिङ एपहरूमा धेरै समय बिताउने भएकाले ब्रान्डहरूसँग आफ्ना लक्षित दर्शकहरूसँग प्रत्यक्ष र व्यक्तिगत रूपमा जोडिने ठूलो मौका छ । च्याट एपहरूमा धेरै सुविधाहरू छन् जसलाई मार्केटरहरूले विभिन्न तरिकाले प्रयोग गर्न सक्छन् ।

उदाहरणका लागि:

● दर्शकहरूमाझ चेतना बढाउनुहोस् । उदाहरणका लागि, भाइबरमा ब्रान्डहरूले लक्षित विज्ञापन अभियानहरू प्रयोग गर्छन्, प्रयोगकर्ताहरू माझ उनीहरूको रुचि र डेमोग्राफीका आधारमा पुग्छन् ।

● रचनात्मक, अन्तरक्रियात्मक रिच-मिडिया सामाग्री प्रयोग गरेर भाइरल मार्केटिङ अभियानहरू सिर्जना गर्नुहोस् । प्रसिद्ध संस्था र ब्रान्डहरूले आफ्नो ब्रान्डको उपस्थिति बढाउन भाइबरमा ब्रान्डेड एआर लेन्सहरू सिर्जना गरिरहेका छन्। तिनीहरूले अनुकूलित स्टिकरहरू सिर्जना गरेर प्रयोगकर्तालाई ब्रान्ड प्रशंसकमा परिणत गर्छन् जसलाई दैनिक सञ्चारमा साथीसंगी र परिवारसँग साझेदारी गर्न सकिन्छ र व्यापक दर्शकहरूलाई संलग्न गर्न सकिन्छ ।

● मेसेजिंग एपहरू मार्फत विशेष प्रचार, सम्झौता र छुटहरू प्रस्ताव गर्नुहोस् र प्रयोगकर्तालाई ब्रान्डसँग संलग्न हुन प्रोत्साहित गर्नुहोस् ।

● ग्राहकहरूलाई महत्त्वपूर्ण जानकारीका बारेमा अद्यावधिक गराउनुहोस्, जस्तै; डेलिभरीको स्थिति, लेनदेनका सूचनाहरू, अपोइन्टमेन्टका रिमाइन्डरहरू, खाता ब्यालेन्स र थप अन्य कुराहरु ।

● प्रयोगकर्ताहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गरेर व्यक्तिगत र प्रभावकारी अनुभव सुनिश्चित गर्दै वास्तविक-समयमा ग्राहक समर्थन प्रदान गर्नुहोस् ।

● ग्राहक सेवा स्वचालित गर्न एकीकृत च्याटबटहरू प्रयोग गर्नुहोस् । बटहरू प्रायः सोधिने प्रश्नहरूको जवाफ दिन, प्रडक्ट सिफारिसहरू प्रदान गर्न र लेनदेन पूरा गर्न मद्दत गर्नलाई प्रोग्राम गर्न सकिन्छ । यसले टोलीको समय बचत गर्छ र ग्राहकहरूलाई पनि सहज अनुभव प्रदान गर्दछ ।

● जटिल ३६०-अभियानहरू सिर्जना गर्न धेरै समाधान वा च्यानलहरूको लाभ उठाउनुहोस् । आफ्नो मार्केटिङलाई यस दृष्टिकोणद्वारा संचालित गरेका ब्रान्डहरूका उदाहरणमा कोकाकोला लगायत पर्छन् ।

यसले अन्ततः ठूलो ब्रान्ड जागरूकता, बढेको ब्याज, उच्च रूपान्तरण दर, ब्रान्ड वफादारी, र महत्त्वपूर्ण व्यापार वृद्धिको नेतृत्व गर्न सक्छ ।

मार्केटरहरूको लागि शिर्ष छनोटको रुपमा मेसेजिंग एप किन जरुरी ?

मेसेजिङ एपहरू मार्केटरहरूको लागि शीर्ष छनौट हुनुपर्दछ भन्ने मुख्य कारणमध्ये एक तिनीहरूको पहुँच हो । लाखौं प्रयोगकर्ता भएका कारण तिनीहरुले स्थानीय र विश्वव्यापी मार्केटरहरूको लागि सम्भावित दर्शकहरूको विशाल सङ्ख्याको प्रस्ताव गर्छन् ।

सन्देश पठाउने एपहरूको प्रयोगकर्ताको जनसांख्यिकी सामान्यतया सन्तुलित हुन्छ, यिनीहरुले फरक-फरक उमेर, पेशा र रुचिका व्यक्तिहरूलाई समेट्छन् । उदाहरणका लागि भाइबरको प्रयोगकर्ता आधार क्रमशः ४७% र ५३% महिला र पुरुषबीच समान रूपमा विभाजित छ ।

५७% भाइबर प्रयोगकर्ताहरू ३५ वर्षभन्दा कम उमेरका छन् जसले युवापुस्तामा एपको लोकप्रियतालाई संकेत गर्दछ । यस बीचमा आधाभन्दा बढी प्रयोगकर्ताहरू २५-५० उमेर समूह भित्र पर्दछन् जसले ब्रान्डहरूलाई आर्थिक रूपमा सक्रिय दर्शकहरूमा पुग्ने अवसर प्रदर्शन गर्दछ ।

विशाल प्रयोगकर्ताहरुसम्म पहुँच प्रदान गरेर च्याट एपहरूले तपाइँको मार्केटिङ प्रयासहरूलाई देखिने र अन्तरक्रिया हुने सम्भावनालाई सुनिश्चित गर्न सक्छ ।

प्रत्यक्ष र व्यक्तिगत संचार मेसेजिंग एपहरूको अर्को फाइदा हो । परम्परागत मार्केटिङ विधिहरू जो प्रायः व्यापक दर्शकहरूलाई सन्देश प्रसारण गर्नमा भर पर्छ, त्यसको विपरीत मेसेजिंग एपहरू ब्रान्ड र उपभोक्ताहरूबीच वान टू वान कुराकानी गराउन सक्षम छन् ।

संवादी मार्केटिंगका रुपमा जानिने यो दृष्टिकोणले अधिक व्यक्तिगत र लक्षित अन्तरक्रियाको लागि अनुमति दिन्छ । आन्तरिक भाइबर डाटाले संवादात्मक व्यापार सन्देशहरूको बढ्दो लोकप्रियता देखाउँछ: गत वर्ष तिनीहरूको संख्या १७% ले बढेको छ ।

थप रूपमा, च्याट एपहरूले तत्काल प्रतिक्रिया र वास्तविक-समय अन्तरक्रियाको सुविधा दिन्छ जसले मार्केटरहरूलाई ग्राहक प्रतिक्रिया र प्राथमिकतामा आधारित तिनीहरूको रणनीति तयार गर्न मद्दत गर्दछ । यो स्तरको पर्सनालाइजेसन र संलग्नता अन्य मार्केटिङ च्यानलहरू मार्फत हासिल गर्न गाह्रो छ ।

मेसेजिंग एपहरूले प्रदान गर्ने उत्कृष्ट लचिलोपनाले तिनीहरूलाई मार्केटरहरूको लागि एक आदर्श विकल्प बनाउँछ । तिनीहरूले विभिन्न संचार ढाँचाहरूलाई समर्थन गर्दछन् जसले व्यवसायहरूलाई आकर्षक र गतिशील सामाग्री सिर्जना गर्न अनुमति दिन्छ ।

ब्रान्डहरूले आफ्नो मार्केटिङ रणनीतिहरू विभिन्न दर्शक प्राथमिकता अनुरूप तय गरि प्रतिस्पर्धामा अगाडि रहन सक्छन् ।
अन्तमा, ब्रान्डहरूले मेसेजिङ एपहरूलाई अन्य समाधान, सेवा, (CRM) सिआरअम प्रणाली र (CDP) सिडीपीहरू सहित ग्राहक डेटाबेस सफ्टवेयरसँग सजिलैसँग एकीकृत गर्न सक्छन् ।

यी एकीकरणहरूले निर्बाध ग्राहक सेवा, बिक्री र मार्केटिङ प्रयासहरूलाई सक्षम पार्छन्, जसले अधिक दक्षता र परिणामहरूलाई ड्राइभ गर्छ ।

यो विशेष महत्त्वपूर्ण छ किनकि ५३% अग्रणी व्यवसायीहरूले विश्वास गर्छन् कि उनीहरूसँग आफ्ना ग्राहकहरूले अपेक्षा गरेको पर्सनालाइजेसनको स्तर हासिल गर्न आवश्यक उपकरणहरूको अभाव छ । वास्तवमा, तिनीहरूको सपनाको समाधान तिनीहरूको फोन स्क्रिनमै छ ।

निष्कर्ष

कुनैबेला केहि ब्रान्डहरूलाई मात्र थाहा भएको मेसेजिंग एपहरूको सम्भावनाको गोप्य कुरा, आजकल, सामान्य ज्ञानमा परिवर्तन भएको छ ।

आज यी एपहरूले परिवर्तनशील डिजिटल परिदृश्यमा आफ्ना दर्शकहरूसँग व्यवसाय गर्ने तरिकालाई रूपान्तरण गर्छन् । वक्रभन्दा अगाडि रहन र अधिकतम वृद्धि गर्न, मार्केटरहरूले सन्देशको शक्ति पहिचान र प्रयोग गर्न आवश्यक छ।

आखिर, यसका विशाल अवसरहरू केवल एक ट्याप टाढा न छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *