एमबिएमसी ह्याकफेस्ट २०२६: मदन भण्डारी मेमोरियल कलेजमा दुई दिवसीय ह्याकाथन हुँदै
५ भदौ, काठमाडौं।
मदन भण्डारी मेमोरियल कलेजमा भदौ ६ र ७ मा एमबिएमसी ह्याकफेस्ट -२०२६ आयोजना हुँदै
“सोच्नुहोस्, नवप्रवर्तन गर्नुहोस्, र निर्माण गर्नुहोस्” भन्ने नाराका साथ विद्यार्थीहरु बीच दुई दिवसीय आन्तरिक ह्याकाथन, छवटा विकास सत्र, मार्गदर्शन र अन्तिम निर्णायक चरण समावेश हुने
मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) ले भोलि, असोज ६ गते देखि दुई दिवसीय आन्तरिक ह्याकाथन ‘ एमबीएमसी ह्याकफेस्ट-२०२६’ आयोजना गर्दैछ ।
“सोच्नुहोस्, नवप्रवर्तन गर्नुहोस्, र निर्माण गर्नुहोस्” भन्ने नाराका साथ नवप्रवर्तनका अनेक विषयवस्तुमा आयोजना हुने यस कार्यक्रमको सुरुवात शनिबार बिहान कलेजको सभाहलमा हुनेछ ।
दर्ता, औपचारिक स्वागत समारोह, राष्ट्रिय गान, पञ्चदीप प्रज्वलन र प्रमुख अतिथिको मन्तव्यपछि नियमावली र आचार संहिताको जानकारीसहित ह्याकाथन औपचारिक रूपमा सुरु हुनेछ । पहिलो दिन प्रतियोगीहरूले बिहानको खाजा, दिउँसोको खाना र चियापानको विश्रामसहित चारवटा विकास सत्रमा काम गर्नेछन् ।
दोस्रो दिन बिहान थप दुईवटा विकास सत्र सञ्चालन हुनेछन् । त्यसपछि निर्णायक चरणअघि प्रस्तुतिकरण तयारी र अन्तिम मार्गदर्शन (मेन्टरिङ) का लागि विशेष सत्र राखिएको छ । दिउँसो दुई चरणमा निर्णायक मूल्याङ्कन हुनेछ ।
त्यससपछि मेन्टर तथा निर्णायकहरूलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिनेछ । विजेता घोषणा र चेक तथा प्रमाणपत्र वितरणसँगै समापन मन्तव्यबाट कार्यक्रमको समापन हुनेछ भदौ ७ गते हुनेछ ।
आन्तरिक ह्याकाथनको रूपमा आयोजना हुने एमबीएमसी ह्याकफेस्ट-२०२६ मा कलेजका विभिन्न कार्यक्रमका विद्यार्थीहरूको सक्रिय सहभागिता रहनेछ । यसले विद्यार्थीहरूलाई सहकार्य गर्ने, निर्माण गर्ने र निर्णायकहरु समक्ष आफ्ना परियोजनाहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।
For more: MBMC Hackfest 2026

