सहकारीबाट बैंकमा रकम ट्रान्सफर गर्न सकिने
शुक्रबार, वैशाख ५, २०७७
अब सहकारी संस्थाको सदस्यले आफ्नो खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर सकिने भएको छ। मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरि सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने हाम्रो टेक्नोलोजीले जनाएको छ।
नेपाल भरका बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ। ‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले सदस्यलाई सुविधा दिन सकिने संजय महासेठले जानकारी दिए।
कम्पनीमा करिब १० ओटा बैंक र ३ सय वटा सहकारी संस्थाहरु आवद्ध छन्। कम्पनीमा आवद्ध सहकारीका सदस्यले यस्तो सुविधा लिन सकिने बिष्णु महर्जनले बताए। एम बैंक एपमा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न ,लोनको जानकारी हेर्न , फोन, नेट, टिभि, रिचार्ज गर्न, ई – सेवा, खल्ती, प्रभु पे , आइ. एम. ई पे जस्ता डिजिटल वालेट लोड गर्ने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकट, ओयो (OYO) होटल बुक गर्न, क्यु आर भुक्तानीका सेवाहरु छन्।