देशभरका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य
१० वैशाख, काठमाडौं।
सरकारले देशभरका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारीको उपस्थिति अभिलेखीकरणलाई डिजिटल प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था गर्न भनेको हो।
मन्त्रालयले दैनिक हाजिरीको सूक्ष्म अनुगमन गर्न र सबै कर्मचारीको आउने–जाने समय विद्युतीय प्रणालीमै अनिवार्य रूपमा रेकर्ड गर्न निर्देशन दिएको छ।
त्यस्तै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सुरक्षित राख्नुपर्ने व्यवस्था पनि लागू गर्न भनिएको छ।
यो कदमले सरकारी सेवा प्रणालीलाई पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
For More:-Mandatory E-attendance Nepal



