बालाजु अटो वर्कद्वारा आफ्ना प्रिभिलेज मेम्बरलाई सम्मान

Mahindra Service Balaju Auto Works
Share It On:

४ फागुन २०७६, काठमाडौं ।

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रा.लि. ले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्थात् विशेष सदस्यता प्रदान गर्दै आएको छ ।

यस प्रिभिलेज मेम्बरसिप लिनु भएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजना अन्तर्गत  २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रुपमा सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङ प्रा. लि. ले सर्वोत्कृष्ट उपहार एवम्यस प्रिभिलेज मेम्बरसिप अन्तर्गत सम्पूर्ण ग्राहक महानुभावहरु लाई बालाजु अटो वर्कस् का प्रबन्ध निर्देशक  अर्जुन प्रसाद शर्मा, महिन्द्रा एंड महिन्द्राका ग्राहक सेवा प्रबन्धक तपस पटनायकले सम्मानित तथा उपहार वितरण गर्नु भएको थियो ।

सो पुरस्कार वितरण समारोहमा शाखा प्रमुखहरु र कर्मचारी वर्गको उपस्थितिमा २८ माघ, २०७६ का दिन बालाजु अटो वर्कस्, बालाजु, बालाजु औधोगिक क्षेत्र, काठमाडौँमा आयोजना गरिएको थियो ।

आउँदो दिनमा उदाहरणीय स्थान कायम गर्नका लागि आगामी दिनमा पनि यस्ता योजनाहरु ल्याउन बालाजु अटो वर्कस् प्रा. लि. अग्रसर रहिरहने छ भन्ने कुरा प्रबन्ध निर्देशक  अर्जुन प्रसाद शर्माले बताउनु भएको थियो।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *