महालक्ष्मी विकास बैंक ‘बिफिन एल एन्ड डी एक्सिलेन्स अवार्ड-२०२३’द्वारा सम्मानित
३० साउन, काठमाडौं।
कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)द्वारा प्रदान गरिने ‘एल एन्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ। बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो।
अलफ्ट काठमाण्डौ होटेलमा सोमबार सम्पन्न ‘लिडर्स फर द नेक्स्ट जेनेरेसनः एक्सपेक्ट द अनएक्सपेक्टेड’ कन्फ्रेन्सका बीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।