लाेकसेवाकाे विज्ञापन आवेदन शुल्क खल्ती माेवाइल वालेटबाटै भुक्तानी गर्न सकिने 

Loksewa Exam Application fee

१२ माघ  २०७७, काठमाडौं ।

लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएकाे छ ।

लाेक सेवाले प्रकाशन गरेकाे विज्ञापनमा उसकाे वेवसाइटबाटै अनलाईन आवेदन गर्न सकिन्छ । अनलाइनमार्फत पहिलाे पटक आवेदन गर्न लाेकसेवाकाे वेवसाइटमा ब्यक्तिगत खाता बनाउनु पर्छ ।

पुरानाे उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन् । त्यसमा  अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ ।

खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिन्छ ।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here