LOCUS १९ औं संस्करणको तयारी तिब्र हुदैं

locus 2023

२९ कात्तिक २०७९, काठमाडौं।

सन् २००३ देखि निरन्तर प्राविधिक प्रदर्शनी मेला लगायत अन्य विभिन्न आयोजना गर्दै आएको LOCUS अहिले १९ औं संस्करणको तयारीमा छ ।

LOCUS चौथो वर्षमा अध्ययनरत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ संकायका १६ जना निर्वाचित विद्यार्थीहरू मिलेर बनेको गैर-लाभकारी संस्था हो। ५ भन्दा बढी वोर्क्शोप र ३ दिने प्रदर्शनी मेला सहित ३० भन्दा बढी पूर्व कार्यक्रमहरूमा हामी केन्द्रित छौं।

३ दिने प्रदर्शनी मेलामा  द्रोणाचार्य, रोबोवार्ज, रोबोपप प्रदर्शनीका केही आकर्षक कार्यक्रमहरूका साथै प्रोजेक्ट प्रदर्शनहरू र प्रतियोगिताहरु रहेका छन्। साथै Smart Bot Challenge, Energy Hackathon, Idea Camp, Code Camp जस्ता अन्य कार्यक्रमहरूले LOCUS लाइ  विशेष बनाउनमा ठूलो योगदान दिएका छन्।

स्वदेश र विदेशमा रहेका  इन्जिनियरिङ विद्दार्थीहरुको उत्साहजनक सहभागितासाथ सम्पन्न हुदैँ आइरहेको LOCUS ले यस वर्ष प्रदर्शनीमा +२ र विद्यालय तहका विद्यार्थीहरुलाई समेत समावेश गर्ने जमर्को गरेको छ ।

साथै  विद्धालय, कलेज, University का लगभग ३५ हजार  बढी बिद्दार्थीहरु तथा शिक्षक, उद्धमी, व्यवसायी र कलाकारहरुको प्रत्यक्ष रहोबरमा कार्यक्रम सम्पन्न गर्ने यस वर्षको योजना रहेको छ|

यस वर्ष नेपालभर १२ देखि १७ वर्ष उमेर समूहका बिद्दार्थीहरुलाई प्राविधिक परिप्रेक्ष्यबाट (technological perspective) ज्ञात बनाउने उदेश्यका साथ LOCUS ले नेपालका विभिन्न प्रदेशका ५० विद्यालयहरुमा कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रविधिको ज्ञान (मुख्यत इन्टरनेट), वर्तमान समयमा यसको प्रयोग, यसको उचित उपयोग र यसबाट हुने हानीहरूको बारेमा तालिम दिइएको थियो। तिनै ५० विद्यालयमध्य LOCUS ले डडेल्धुरा, सुर्खेत, कास्की, मनाङ, चितवन, बारा र खांदबारीका ७ का विद्यालयमा Children In Technology (CIT)  कार्यक्रम पनि सञ्चालन गरेको थियो । यो आविष्कारकहरूको प्रारम्भिक उमेरमा उनीहरूको प्राविधिक ज्ञान बढाउन र नयाँ पुस्तालाई सशक्तिकरण गर्ने उद्देश्यले गरिएको थियो ।

यो कार्यक्रमको लागि LOCUS ले WorldLink सँग सहकार्य गरेको थियो।

५० जना विद्दार्थीहरुलाई ७ विभिन्न टोलीहरूमा विभाजन गरि माथि उल्लेखित जिल्लाहरुमा पठाइएको थियो। विद्यार्थीहरूलाई इन्टरनेटको उपयोग, अनलाइन यौन दुर्व्यवहारबाट सुरक्षा, साइबरबुलिङ, फिसिङ, इन्टरनेट लत आदिका बारेमा सचेत गर्न गरिएको यो कार्यक्रम LOCUS द्वारा गरिएको प्राविधिक क्रान्तिको सुरुवात हो |

LOCUS ले गरेको यो कार्यक्रम र कलिला बिद्दार्थीहरु लाइ दिइएको प्रेरणा पक्कै पनि राष्ट्रको प्राविधिक विकासको लागि एक इट्टा हुनेछ भन्ने विश्वास हामि राख्दछौं।

साउन महिनामा माननीय सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ज्युको उपस्थितिमा LOCUS ले ‘Digitalization and Intelligent Automation: Reshaping the Future’ भन्ने यस वर्षको विषयवस्तु सार्वजनिक गरेको थियो।

हालसम्म सञ्चालन गरिएका प्रमुख कार्यक्रमहरूमा माटो बचाऊ अभियान, Video Editing Workshop , Hardware Fellowship, Software Fellowship र Children in Technology (CIT)  मा  विद्यार्थीहरूको ठूलो सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here