लिटल मिस एन्जल नेपाल– २०२४ को आवेदन फाराम खुला

Little Miss Angel Nepal

१६ चैत, काठमाण्डौं।

लिटल मिस एन्जल  नेपाल– २०२४ को आवेदन फाराम बुधवारदेखि खुला गरिएको छ । आयोजक कलश इभेन्ट्सले पाँचौ औं संस्करणको लिटल मिस एन्जल  नेपाल २०२४ मा सहभागिताका लागि आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

लिटल मिस एन्जल  नेपाल– २०२४ को ग्रान्ड फिनाले भने आगामी जेष्ठ २६ गते जमल को संस्कृतिक संस्थान (नाच घर) को प्रेक्क्षलयमा आयोजना हुने जानकारी अध्यक्क्ष संजय महर्जनले दिएका छन् ।

कलश इभेन्ट्सले ९ देखि १३ वर्ष सम्मका बालिकाहरुको अति प्रतीक्षित लिटल मिस एन्जल  नेपाल– २०२४ का लागि इच्छुक ९ देखि १३ वर्ष सम्मका बालिकाहरुलाई आवेदन दिन आग्रह गरेको हो । यसपटकको प्रतियोगिताका लागि आयोजक संस्थाले काठमाडौं उपत्यकाका बालिकाहरुले  सहभागीता लिन सकिने कुरा जनाएको छ । आगामी जेठ ५ गते अभिभाबक तथा सहभागी बालिकाहरुको उपस्थितिमा कार्यक्रमका बारेमा प्रारम्भिक जानकारीमुलक कक्षा सञ्चालन गरिने छ । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरु हुनेछन् र पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई नगद पुरस्कार सहित बिजेता अवार्ड र विभिन्न गिफ्ट हम्परहरु बाट पुरस्कृत गरिनेछ।

यसपटकको प्रतियोगितामा गत वर्ष झैँ विभिन्न १९ टाइटल अवार्डहरुको व्यवस्था गरिएको छ । यसपटक Winner, First Runner Up, Second Runner Up, Miss Talent, Miss Athletic, Miss Creative, Miss Personality, Miss Discipline, Miss Multimedia, Miss Friendship, Miss Leadership, Miss Academics, Miss Best Nutrition, Miss Best Attire, Miss Intelligent, Miss ECA, Miss, Picture Perfect, Miss Cultural ,Miss Best Smile जस्ता टाइटल अवार्डहरु प्रदान गरिने छ । Miss Best Nutrition यसै वर्षदेखि थपिएको टाइटल अवार्ड हो ।

यस वर्ष २०२४ को लिटल मिस एन्जल  नेपाल  प्रतियोगितामा न्यूनतम  ९ देखि १३ वर्षका बालिकाहरुले जन्म दर्ता , एस वर्ष को बिद्यालयको अन्तिम परिक्षा को नतिजा को फोटो कापी सहित इच्छुक बालिकाहरुले आवेदन दिन सक्ने छन् ।

यस वर्षको लिटल मिस एन्जल  नेपाल– २०२४ प्रतियोगितामा हाल सम्म IIFT FASHION DESIGNING INSTITUTE सह-प्रयोजकको रुपमा रहेका छन् ।

प्रतियोगितालाई फराकिलो बनाउँदै यस पटक लिटल मिस एन्जल  नेपाल– २०२४ प्रतियोगिताका लागि सहभागीहरुको खोजी काठमाडौंका विभिन्न बिद्यालयहरुमा कलश इभेन्ट्सका टिमहरु गइ  इक्षुक बालिकाहरुलाई कार्यक्रम बारे जानकारी मुलक कक्षा दिन जाने कुरा कलश  इभेन्ट्सका कार्यकारी निर्देसक  वर्षा महर्जनले जानकारी दिएका छन् ।

यस वर्ष कलश इभेन्ट्सले जम्मा ५० जना बालिकाहरुले सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।  लिटल मिस एन्जल नेपाल – २०२४ को तालिम  जमल नाच घरको तालिम हाल मा जेठ महिनाको ७ गते बाट स्कूल पछि सांझा ५ देखि ७ बजे सम्म जम्मा ३ हप्ता दैनिक विभिन्न बिषयमा तयारी कक्षा हुने छ।

यस वर्ष लिटल मिस एन्जल नेपाल – २०२४ को कोरियोग्राफी प्रोफेसोनल डान्स तथा फेसन कोरेओग्राफर रोहिया महर्जनले गर्ने जानकारी दिएका छन् भने ग्रान्ड फिनाले कार्यक्रम RJ, VJ तथा प्रोफेसनल कार्यक्रम संचालिका उरुसा जोशीले संचालन गर्ने छिन।

अधिकारीक फोटो स्टुडियोमा मोमेन्टो स्टुडियो ,अधिकारीक भोटिंग पार्टनरमा ग्लोबल अनलाइन (Aventoz), अधिकारीक डान्स स्टुडियो मा नेपा डान्स एकेदेमि , अधिकारीक मार्केटिंग एजेन्सी आरम्भ सेर्विसेस, अधिकारीक CREATIVE पार्टनर एड्वेन्त मेडिया रहेका छन् भने लिटल मिस एन्जल नेपाल – २०२४ को प्रत्येक्क्ष प्रसारण लाइफ ओके  टेलिभीजन तथा कलश इभेन्ट्सको अधिकारीक फसे बुक पेज बाट प्रसारण गरिने छ।

प्रतियोगीतामा सहभागी प्रतिभासाली प्रतियोगीहरु लाई श्रीजना सुत्रका अध्यक्क्ष सुभास श्रेष्ठ प्रधान ज्यु ले विभिन्न म्युजिक भिडियो, चलचित्र तथा बिज्ञापन हरुमा अवसर दिने प्रतिबद्दता दिनु  भएको जानकारी दिनुभयो।

अवसर पारेर आयोजक संस्था कलश इभेन्ट्सले यसै वर्षदेखि १६ देखि २३ वर्ष उमेर समूहको किसोरीहरुको लागि MISS ANGEL NEPAL -२०२४ राष्ट्रियस्टरको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here