भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त
१६ असोज, काठमाडौं।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ।
भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त रहेको अध्यक्ष पदमा मन्त्रालयले सिग्देललाई नियुक्त गरेको हो।
अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो। अन्तर्वार्तामा सहभागी सबै उम्मेदवारको मूल्याङ्कनपछि विज्ञ टोलीले सिग्देललाई अध्यक्ष पदमा नियुक्त गर्न सिफारिस गरेको थियो।
विज्ञ टोलीको सिफारिसका आधारमा मन्त्रालयले सिग्देललाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको जनाएको छ।
For More: Laxman Sigdel Bheri Hospital

