कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा खाना र स्पामा २० प्रतिशतसम्म छुट
१७ असोज, काठमाडौं।
कुमारी बैंक लिमिटेडका ग्राहकहरूले ठमेलस्थित रमदा अन्कोर होटलमा खाना, पेय पदार्थ, स्पा र रुम सेवाहरूमा १५% देखि २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
चर्चित आन्तरिक तथा बाह्य सेवाहरूलाई अझ सहज र सुलभ बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेड र काठमाडौंको ठमेलस्थित प्रतिष्ठित रमदा अन्कोर होटल (Ramada Encore by Wyndham Kathmandu Thamel) बीच एक विशेष छुट सम्झौता भएको छ।
यस नयाँ सहकार्यमार्फत कुमारी बैंकका ग्राहकहरूले होटलका विभिन्न आतिथ्य तथा मनोरञ्जन सेवाहरूमा आकर्षक छुट तथा विशेष सुविधाको लाभ लिन सक्नेछन्।
कुमारी बैंकका ग्राहकका लागि उपलब्ध मुख्य छुट तथा सुविधाहरू
१५% देखि २०% सम्मको छुट: बैंकका ग्राहकहरूले होटलका रेस्टुरेन्टमा खाना तथा पेय पदार्थ (Food & Beverage) र स्पा सेवाहरू लिँदा १५ देखि २० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्।
निःशुल्क बर्थडे केक: वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकहरूले आफ्नो जन्मदिनमा होटलतर्फबाट निःशुल्क केकको उपहार प्राप्त गर्नेछन्।
विशेष जमघटमा छुट: पारिवारिक जमघट तथा विभिन्न कार्यक्रमहरू आयोजना गर्दा केक र कर्केज शुल्क (Corkage Fee) नलाग्ने विशेष सुविधा पनि प्रदान गरिएको छ।
एक दिनको निःशुल्क रुम सुविधा: रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्ने कुमारी बैंकका ग्राहकहरूले होटलमा एक रातको रुम पूर्ण रूपमा निःशुल्क (Complimentary Room Stay) पाउनेछन्।
प्याकेज छुट: ग्राहकहरूलाई लक्षित गर्दै विशेष ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत भारी छुटको व्यवस्था गरिएको छ।
किस्ताबन्दी सुविधा (EMI): होटलका विभिन्न सेवा सुविधा सहज रूपमा उपभोग गर्नका लागि ग्राहकहरूलाई किस्ताबन्दीको सुविधा समेत उपलब्ध गराइनेछ।
कुमारी बैंकको देशव्यापी सेवा सञ्जाल
विगत २५ वर्षदेखि निरन्तर भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई आधुनिक र प्रभावकारी सेवा दिन सदैव प्रतिबद्ध रहेको जनाएको छ। हाल बैंकले आफ्ना देशव्यापी सञ्जालमार्फत उत्कृष्ट वित्तीय सेवाहरू प्रवाह गरिरहेको छ:
-
२७९ वटा शाखा सञ्जाल
-
२९५ वटा एटीएम
-
४१ वटा एक्सटेन्सन काउन्टर
-
४० वटा शाखा रहित बैंकिङ इकाइहरू
कुमारी बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहक वर्गलाई अझ सरल, सुलभ र उत्कृष्ट अनुभव प्रदान गर्न यसप्रکारका व्यावसायिक सहकार्यहरूलाई निरन्तरता दिने जनाएको छ।
For more: Kumari Bank Partners Ramada Encore

