११ असोज, काठमाडौं ।
अनवरत रुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरु लाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।
Kumari Bank Dashain Utsav Cashback
घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रू. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजना अन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरु लाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।