कामना सेवा बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशत छुट
२९ माघ, काठमाडौँ।
कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।
For more: KSBBL Partners Kantipur Dental College



