कामना सेवा विकास बैंकको वित्तीय सबलतामा नयाँ फड्को: इश्युअर रेटिङमा स्तरोन्नति
१५ असोज, काठमाडौं।
कामना सेवा विकास बैंक लिमिटेडको वित्तीय विश्वसनीयता र कार्यसम्पादनमा थप महत्वपूर्ण सफलता हासिल भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेड (CARE Ratings Nepal) ले बैंकको साविकको इश्युअर रेटिङलाई स्तरोन्नति (Upgrade) गर्दै नयाँ उच्च रेटिङ प्रदान गरेको छ।
रेटिङसम्बन्धी विवरण:
रेटिङ एजेन्सी: केयर रेटिङ्स नेपाल लिमिटेड
साविकको रेटिङ: CARE-NP BB+ (Is)
स्तरोन्नति पछिको रेटिङ: CARE-NP BBB- (Is)
केयर रेटिङ्सको परिभाषा अनुसार ‘CARE-NP BBB- (Is)’ रेटिङ प्राप्त गर्ने संस्थालाई वित्तीय दायित्वहरू समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने तथा मध्यम स्तरको क्रेडिट जोखिम बहन गर्ने संस्थाका रूपमा लिइन्छ।
रेटिङ स्तरोन्नति हुनुका मुख्य आधारहरू
बैंकको समग्र कार्यसम्पादनमा आएको सुधारलाई मध्यनजर गर्दै रेटिङ एजेन्सीले यो स्तरोन्नति गरेको हो। यसका मुख्य आधारहरूमा निम्नलिखित पक्षहरू रहेका छन्:
-
पूँजीकोषमा देखिएको सुदृढीकरण
-
कर्जाको गुणस्तर र जोखिम व्यवस्थापनमा सुधार
-
अनुभवी सञ्चालक समिति तथा कुशल व्यवस्थापन टोली
-
खुद मुनाफा र समग्र व्यवसाय वृद्धिमा सकारात्मक प्रगति
-
निक्षेप संरचनामा सुधार तथा सुदृढ तरलता स्थिति
-
बजार हिस्सामा भएको विस्तार
सरोकारवालाहरूमा थप विश्वसनीयता
यस रेटिङ स्तरोन्नतिले बैंकप्रति निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता र नियमनकारी निकायको विश्वासलाई अझ प्रगाढ बनाएको छ। यसले बैंकको वित्तीय सबलता र असल संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा पुष्टि गर्छ। साथै, यसबाट बैंकलाई प्रतिस्पर्धी लागतमा स्रोत परिचालन गर्न, संस्थागत निक्षेप तथा व्यावसायिक साझेदारी विस्तार गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।
‘प्रगतिको आधार’ सँगै दिगो बैंकिङ अभ्यास
कामना सेवा विकास बैंकले “प्रगतिको आधार कामना सेवा” भन्ने मूल नारालाई आत्मसात् गर्दै सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री र दिगो बैंकिङ सेवा प्रवाह गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि दीर्घकालीन संस्थागत सुदृढीकरण र गुणस्तरीय व्यवसाय विस्तारलाई प्राथमिकता दिने जनाएको छ।
For more: KSBBL Credit Upgrade Issuer Rating

