कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

KRBL Joins NCHL

१४ माघ  २०७७, काठमाडौं ।

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विधुतिय भुक्तानी प्रणाली NCHL-IPS, connectIPS र connectRTGS प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गर्नुभएको छ ।

NCHL-IPS प्रणाली मार्पmत् बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने Direct Credit र लिने Direct Credit जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने connectRTGS प्रणाली मार्पmत् ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब connectIPS को वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।

कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुच बृद्घीमा उल्लेख्य भूमिका निर्वाह गर्दै अएको छ । एनसीएचएल सँगको सहकार्य पश्चात्, उक्त क्षेत्रमा बैंकको दिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास गरिएको छ ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित एनसीएचएलको NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS, National Payments Interface (NPI) CORPORATEPAY प्रणालीहरू सञ्चालनमा रहेका छन् । साथै आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू वाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी / पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट /प्राविधिक सदस्यका रुपमा आवद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here