माध्यमिक विद्यालयलाई कोरियाली दूतावासद्वारा भाषा पाठ्यसामग्री हस्तान्तरण
२ जेठ, काठमाडौं।
नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले माध्यमिक तथा उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि कोरियाली भाषा पाठ्यसामग्री हस्तान्तरण गरेको छ ।
किङ सेजोङ फाउन्डेसनको कोरियाली भाषा प्रवद्र्धन कार्यक्रमअन्तर्गत दूतावासले देशभरका करिब १५ विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि ६०० भन्दा बढी आधारभूत कोरियाली भाषा पुस्तक वितरण गरेको हो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयोङ, फ्युचर लाइट इङ्लिस हाई स्कूलका प्रधानाध्यापक गम्भीर गुरुङ तथा दूतावासका कूटनीतिज्ञहरूको सहभागिता रहेको थियो ।
राजदूत पार्कले कोरियाली भाषा तथा सांस्कृतिक आदान–प्रदान प्रवद्र्धन गर्न दूतावास सक्रिय रहेको बताउँदै शिक्षा र भाषामार्फत नेपाल–दक्षिण कोरियाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
दूतावासका अनुसार सन् २०२७ को एसइइ परीक्षासम्म नेपालका विभिन्न प्रदेशका १५ भन्दा बढी विद्यालयमा विद्यार्थीको रुचिअनुसार कोरियाली भाषालाई ऐच्छिक विषयका रूपमा समावेश गर्ने तयारी भइरहेको छ ।
For More:-Korean language learning materials


