खल्ती र भाटभटेनी ग्रुप बीच सम्झौता

Khalti-Bhatbhateni partnership

५ फागुन २०७६, काठमाडौं ।

खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुप बीच खल्ती एप बाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
भाटभटेनी ग्रुपद्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले कान्तिपथ स्थित भाटभटेनी मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोह बीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् ।

सम्झौता अनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपर मार्केट तथा भाटभटेनीका देशैभरी रहेका २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत उक्त पैसा झिक्न सकिनेछ । यस सम्झौता सँगै खल्तीले एपमा रेमिट्यान्स नाम गरेको एउटा नयाँ आइकन ल्याएको छ । उक्त आइकन माक्लिक गरी खल्ती प्रयोग कर्ताले आफ्ना साथी भाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् ।

यसरी पैसा पठाई सकेपछि पाउनु पर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एस एम एस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्त कर्ताले तोकिएको भाटभटेनी सुपरमार्केट अथवा रेमिट्यान्स एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् ।

यसका साथै अब खल्ती प्रयोग कर्ताले भाटभटेनी सुपर मार्केट तथा देशै भरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।

भाटभटेनी ग्रुपसँगको उक्त सम्झौताका बारेमा बोल्दै खल्तीका निर्देशकअमित अग्रवालले भने, “हामी भाटभटेनीग्रुपजस्तो एक प्रतिष्ठित र सफल संस्थासँग यस प्रकारको सहकार्य गरी खल्तीप्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानीलिने सेवाथालनीगर्न पाउँदाउत्साहित छौँ । यस सहकार्य सँगै नेपालमानविनतम डिजिटल फाइनान्सियल सेवामार्फत मानिसको जीवन सहजबनाउने हाम्रो लक्ष्यतर्फ एक कदम अगाडी बढेको भानभएको छ ।”

त्यस्तै, भाटभटेनीमनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्कीले भने, “प्रविधि व्यवसायमा संलग्न नेपाली युवाहरुको समूहले सुरु गरेको र निकै रुचाइएको खल्ती जस्तो एक फिन्टेक स्टार्टअप सँग सहकार्य गर्न पाउँदा हामी खुशी छौँ । वालेट एपबाटै पैसा पठाउने र भाटभटेनी सुपरमार्केट तथा हाम्रा एजेन्ट मार्फत पैसा निकाल्ने उहाँहरुको अप्रोच हामीलाई राम्रो लाग्यो।

आन्तरिक मनी ट्रान्सफर सेवा सँगै बिना अतिरिक्त शुल्क खल्ती वालेटमा पैसा लोड गर्न र विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्न हामीआतुर छौँ ।”

सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here