खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर
१४ साउन, काठमाडौं।
आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिंदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने अवसर पाउनेछन्। यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ। तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुनसक्नेछ। डिम्याट खाता रोक्का भएपछि शेयर खरिद–बिक्रीगायतका पूँजीबजारसम्बन्धी कारोबारमा असर पर्न सक्ने भएकाले समयमै नवीकरण गर्न आवश्यक हुन्छ।
हाल डिम्याट खाताका लागि वार्षिक रु. १०० र मेरोशेयरका लागि वार्षिक रु. ५० नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्दै खल्ती ले ‘१००% उपहार’ योजना ल्याएको हो।
योजनाअन्तर्गत खल्तीबाट MeroShare तथा DEMAT नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना विजेताले आफूले भुक्तानी गरेको नवीकरण शुल्क बराबरको १००% क्यासब्याक प्राप्त गर्नेछन्। यस योजनामार्फत प्रयोगकर्ताले वार्षिक शुल्कको भुक्तानीसँगै आकर्षक क्यासब्याक जित्ने अवसर समेत पाउनेछन्।
खल्तीबाट डिम्याट तथा मेरोशेयर कसरी नवीकरण गर्ने?
- Khalti App खोल्नुहोस्।
- Financial Services मा गई MeroShare & Demat Renewal मा क्लिक गर्नुहोस्।
- आफ्नो Depository Participant (DP) छनोट गरी Client ID प्रविष्ट गर्नुहोस्।
- Demat, MeroShare वा Both मध्ये आवश्यक सेवा छनोट गर्नुहोस्।
- Get Details मा क्लिक गरी आफ्नो विवरण पुष्टि गर्नुहोस्।
- विवरण सही भएपश्चात Khalti मार्फत केही सेकेन्डमै सुरक्षित रूपमा भुक्तानी सम्पन्न गर्नुहोस्।
प्रयोगकर्ताले आफ्नो Broker वा Depository Participant (DP) को वेबसाइटबाट नवीकरण गर्दै हुनुहुन्छ भने Khalti Payment Gateway मार्फत पनि डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।
खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणलाई छिटो, सुरक्षित र सहज बनाउन App तथा Payment Gateway दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको छ। प्रयोगकर्ताले घरमै बसेर २४ घण्टा सेवा प्रयोग गरी आफ्नो नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्।
आफ्नो डिम्याट तथा मेरोशेयर खाता सक्रिय राख्न अन्तिम समय कुनुभन्दा अगावै नवीकरण गर्नुका साथै हरेक १५ दिनमा १०० जना प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने ‘१००% उपहार’ योजनामा सहभागी हुने अवसर समेत प्राप्त गर्न सकिनेछ।
For More: khalti Demat Meroshare Renewal

