ICT Frame is an online magazine for the community belonging to information and communication technology which also provides two versions of the magazine based on native and international language. ICT Frame serves the need of today’s world which is occupied mostly with the ideas relating to information technology. It has been helping out Nepalese youths providing different perspectives regarding the development of Information Technology in Nepal.
काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९११ जनालाई रोजगार प्रदान, निजी र सरकारी क्षेत्रमा अवसरहरू
१ साउन काठमाडौं ।
काठमाडौँ महानगरले ३ बर्षको कार्ययोजना अन्तर्गत ‘रोजगारी र आयवृद्धि’ तथा ‘श्रम बैंक’ योजनाबाट ९११ जनालाई निजी र सरकारी क्षेत्रमा रोजगार उपलब्ध गराउँदै, १५००० जनालाई तालिम र ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
Kathmandu Labour Bank Employed
काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको छ।
यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन् ।
यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएका छन् ।
जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार/स्वरोजगार भएका छन् ।
महानगरको सानो प्रयासले १ आर्थिक बर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार/स्वरोजगार भएका छन् ।
यद्यपि यो हाम्रो लक्ष्य भन्दा धेरै सानो संख्या हो । आर्थिक बर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेका छौँ । सिप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने छ ।
समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छ।
तपाईहरूको व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंक मार्फत सम्पर्क गरी सेवा लिन सकिन्छ।
एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा तपाइहरुकै syllabus मा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएका छ ।
थप जानकारीको लागि काठमाडौँ महानगरको वेबसाइट भ्रमण गर्नुहोस्: Kathmandu Labour Bank Employed
Recent Posts
नेपाल टेलिकमले सार्वजनिक गर्यो ‘संविधान दिवस अफर २०८२’
भिभोले दराजसँग दशैंको लागि सहकार्य गर्दै ल्यायो आकर्षक अफरहरू
मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा
नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण
आगलागीले क्षतिग्रस्त स्वास्थ्य मन्त्रालयलाई डब्ल्यूएचओको प्राविधिक सहयोग
रेसिङ अटोमोबाइल्सले थाल्यो ’दुर्घटना रहित प्रमाणपत्र’ वितरण