पहिलो लाभांश घोषणा गर्ने विकास बैंक बन्यो कामना सेवा
२८ भदौ, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
Advertisement
Kamana Sewa declare dividend
बैंकको संचालक समिति बैठकले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी १८औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउनेछन्। यो घोषणा गरेसँगै कामना सेवा विकास बैंक चालु आर्थिक वर्षमा पहिलो लाभांश घोषणा गर्ने विकास बैंक बनेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार, यो निर्णय बैंकको पछिल्लो आर्थिक विवरणका आधारमा गरिएको हो। कामना सेवा विकास बैंकले हाल सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा उच्च प्रतिशेयर वितरण योग्य नाफा भएको विकास बैंकको रूपमा देखा परेको छ।

