१० वाणिज्य बैंकहरुको बाह्य लेखापरीक्षण प्रक्रिया रद्द, कारण के हो ?

Commercial banks external audits canceled
Share It On:

२८ भदौ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षण प्रक्रिया रद्द गरेको छ। यसअघि ‘लोन पोर्टफोलियो रिभ्यु’ अन्तर्गत ती बैंकहरूको बाह्य लेखापरीक्षणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो।

यो प्रक्रिया अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले राखेको सर्तअनुसार सुरु गरिएको थियो। आईएमएफले नेपालमा ३६ महिने सुधार कार्यक्रम सञ्चालन गर्दै विभिन्न किस्तामा ऋण उपलब्ध गराउँदै आएको छ। ती वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षण आईएमएफको प्रमुख सर्तहरूमध्ये एक थियो, र यदि लेखापरीक्षण नगरिएमा आईएमएफले ऋण रोक्ने चेतावनी दिएको थियो।

राष्ट्र बैंक स्रोतका अनुसार कर्जा प्रवाह, चुक्तापुँजी, मुनाफालगायतका वित्तीय सूचकहरूको आधारमा प्रभु बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, र राष्ट्रिय वाणिज्य बैंकहरूको बाह्य लेखापरीक्षण गर्न लागिएको थियो।

तर, लेखापरीक्षण गर्न छनोट गरिएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिसेजको प्रस्ताव अस्वीकृत भएपछि लेखापरीक्षण प्रक्रिया रद्द गरिएको हो।

अहिले बैंकिङ क्षेत्रमा कर्जा उठाउन नसक्ने समस्या बढेको र खराब कर्जा पनि बढेको अवस्थामा बैंकहरूले नयाँ कर्जा प्रवाहभन्दा पुराना ऋण उठाउनमा ध्यान केन्द्रित गरिरहेका छन्। यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरूको लागि खुकुलो नीति पनि लागू गरेको छ।

Commercial banks external audits canceled


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts