कामना सेवा विकास बैक र Caffeophilia बीच छुट सम्झौता
२२ मंसिर, काठमाडौं ।
कामना सेवा विकास बैंकले काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको Caffeophilia सँग सेवा–शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले फुड र बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणित हुने कागजात पेश गरेपछि यो छुट सहजै उपयोग गर्न सकिने बैंकले जनाएको छ। साथै, बैंकले आफ्नासँग आबद्ध ग्राहक तथा शुभेच्छुकहरूले यस सम्झौताबाट विशेष लाभ लिन सक्ने विश्वास व्यक्त गरेको छ।
सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल, र क्याफे पक्षबाट फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्।
For More:-Kamana Sewa Caffeophilia agreement



