कामना सेवा विकास बैक र थाइरो ल्याब बुटवलबीच सम्झौता

Kamna Seva Bikas Bank Thyro Lab Butwal Partnership
Share It On:

३० जेठ, काठमाडौं। 

कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित Thyro Lab Butwal Pvt. Ltd. सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा/सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त Thyro Lab Butwal Pvt. Ltd. मा कामना सेवा विकास बैंकका ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *