कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक प्रतिष्ठित ‘आईक्यान गोल्ड अवार्ड’
१६ असार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ( ICAN) द्धारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित National Best Presented Annual Report (BPA) Award 2025 अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड बाट सम्मानित भएको छ ।
कामना सेवा विकास बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले BPA Award 2023 मा Silver Award, BPA Award 2024 मा Gold Award तथा BPA Award 2025 मा पुनः Gold Award बाट सम्मानित भएको हो ।
बैंकको वित्तीय विवरण लगातार रुपमा दक्षिण एसियामै विशिष्ट मानिने साफा अवार्डवाट समेत लगातार सम्मानित हुदै आएको छ । यससँगै बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको पुष्टि गरेको छ ।
उक्त अवार्ड बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो । BPA Award ले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्दछ ।
काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहमा ICAN का अध्यक्ष निल वहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
बैंकको उत्कृष्ट प्रतिवेदन प्रस्तुति तथा वित्तीय पारदर्शिताप्रतिको प्रतिबद्धताको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले बैंकको संस्थागत सुशासन तथा उत्तरदायी वित्तीय अभ्यासलाई थप पुष्टि गरेको छ ।
यस सम्मानले बैंकको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ ।
बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूलाई समयानुकूल, यथार्थपरक तथा गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।
For More: Kamana Sewa Ican Award


