कामना सेवाको २० औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित
३१ भदौ, काठमाडौं।
कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा मिति २०८३ साल भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौँमा सम्पन्न भएको छ ।
बैंकको सञ्चालक समितिमा अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्रधिकार शेयरधनीहरूले अग्रधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरूलाई चुक्तापूंजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गरेको छ ।
साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०८२।८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ । त्यसै गरि सभाबाट बाह्य लेखापरीक्षक एन.बी.एस.एम एण्ड एसाोिएट्स्लाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ ।
साधारणसभामा शेयरधनी महानुभावहरूले राख्नु भएको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए ।
शेयरधनी महानुभावहरूले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएकोमा आगामी दिनहरूमा संस्थालाई दिगो र सबल बनाउन प्रतिबद्ध व्यक्त गरे।
For More: Kamana Sewa Bank Dividend

