ज्योति विकास बैंकद्वारा विद्यालयलाई दुई थान स्मार्ट बोर्ड प्रदान

Jyoti Bikash Bank Introduces Interactive SMART Boards
Interactive SMART Boards provided by Jyoti Bikash Bank

११ फागुन, काठमाडौं।

ज्योति विकास बैंकद्वारा इन्टरेक्टिभ (स्मार्ट) बोर्ड सहयोग

ज्योति विकास बैंक अन्तर्गतको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ ।

कार्यक्रममा संस्थाका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

अन्तरक्रियात्मक सिकाइ विधिमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीमा सूचना प्रविधि सम्बन्धी शीप तथा धारणाको विकासका लागि सहयोग पुर्‍याउन उक्त सहयोग गरिएको बताइएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य नरेशराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोल लगायत बैंकका कर्मचारी, विद्यालयका कर्मचारी तथा विद्यार्थीको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here