नेपाल टेलिकमले २०७५।१२।११ देखि कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक श्री कृष्ण प्रसाद भण्डारीलाई दिएको छ ।
प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक तथा सह–प्रवक्ता श्री शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भई जानु भएकोले कम्पनीले यस किसिमको जिम्मेवारी परिवर्तन गरेको हो ।