लुब्रिकेन्ट्सको आधिकारिक रुपमा बिक्री–वितरण प्रारम्भ

काठमाडौँ, चैत १२

एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागी आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएको छ । बिक्रेतामा नियुक्त भएसँगै बहराइन पेट्रोलियम कम्पनीको यो लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्री–वितरण गर्न शुरु गरेको छ । बहराइन सरकारको स्वमित्व रहेको ब्याप्को उच्च गुणस्तरको लुब्रिकेन्ट्सका रुपमा बिश्वभर प्रख्यात छ ।

नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलव्ध गराइएको उक्त मोटर्सकी प्रवन्ध निर्देशक लक्ष्मी झाले बताइन् । हाल नेपाली बजारमा उपलव्ध अन्य लुब्रिकेन्ट्सका तुलनामा उच्च गुणस्तरिय बिशेषताका कारण यो लुब्रिकेन्ट्स छिट्टै लोकप्रिय बन्ने उनको विश्वास छ । उनले भनिन्, ‘यसमा भएको बिशेष गुणका कारण यो लुब्रिकेन्ट्स प्रयोग भएको सवारीसाधनले राम्रो पर्फमेन्स दिनुको साथै इन्जिनको आयु समेत बढाउँछ ।’

नेपाली बजारमा यसको पूर्ण सिन्थेटिक, सेमी सिन्थेटिक र मिनरल बेशका लुब्रिकेन्ट्स उपलव्ध गराइएको छ । ब्याप्कोलाई बिश्व प्रख्यात अटोमोबाइल ब्राण्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्स लगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको छ ।

ब्याप्को लुब्रिकेन्ट्स नै किन ?
यो भर्जिन बेस आयलबाट बनेको छ ।
यसमा सर्बोत्कृष्ट एडिटिभ्स समिश्रण गरिएको छ ।
यसको प्रयोगले इन्डस्ट्रिको स्पेसिफिकेसन बढाउँछ ।
यसको डिजेल र ग्यासोलिन इन्जिन आयलले एपिआई लाइसेन्स प्राप्त गरेको छ ।
यो ओईएम सप्लाइमा अग्रणी छ ।
सन् १९३२ सालमा स्थापना भएको यो कम्पनीले सन् १९३६ देखि लुब्रिकेन्ट्स निर्यात थालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here