बुधबार देखि लुम्बिनी प्रदेशमा रोजगार मेला हुँदै, मेलाको तयारी पूरा

Job Fair in Lumbini Province
Share It On:

२१ जेठ, काठमाण्डौं।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुुम्बिनी प्रदेशमा जेठ २३ र २४ गते ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (विआइसीसी) मा आयोजना हुने मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले गर्नेछन् ।

पत्रकार सम्मेलनमा लुम्विनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।

मेलाको बारेमा जानकारी दिन सोमबार वुुटवल उपमहानगर पालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत सोबारेमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमार्फत लुम्बिनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला तयारी पूरा भएको र यस प्रदेशमा हुने मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीति रूपमा डिजाइन गरिएको जानकारी दिइयो ।

लुम्बिनी प्रदेश मेला संयोजक एवम् उपसचिव लोकनाथ भुसाले रोजगार मेलाले रोजगार खोज्नेहरू, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर यस कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकुल वातावरण सिर्जना गर्ने जानकारी दिए ।

उनले मेलाबाट रोजगारी सिर्जना, युवा सशक्तिकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेश श्रम रोजगार कार्यालयका प्रमुख कृष्ण खनालले मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने बताए । उनले मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन र यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजान सक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज हुने बताए ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख लेखराज पाण्डयेले सबै सरोकारवालाहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरे । साथै उनले श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपेको बताए ।

लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन गरिने पनि उहाँले जानकारी दिनुभयो । सो मेलामा ४१ स्टल राखिने जानकारी दिइयो ।

श्रमाधान रोजगार मेला जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै सुरु भएको मेला सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा दुई दिन सञ्चालन हुनेछ ।

कोशी प्रदेशमा १७ र १८ गते, मधेश प्रदेशमा १९ र २० गते र गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते मेला सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुँदैछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन भएपछि सम्पन्न हुनेछ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *