जनता बैंकको एकै साथ ६ शाखाहरुबाट बैंकिङ्ग सेवा संचालन

Janata Bank Nepal Limited

देशको ग्रामिण तह सम्म बैंकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तार लाई निरन्तरता दिइरहेको यस जनता बैंक नेपाल लिमिटेडले आज एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो ।

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर श्री रमेश कुमार बस्नेतले गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष श्री केशब बहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राख्नु भएको थियो । यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर श्री ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष श्री पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक श्री रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक श्री संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यले समुद्घाटन गर्नु भयो । नयाँ खोलिएका शाखाहरु बाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायी हरु लाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने छ ।

यसै बिच तनहुँको डुमेमा शाखा उद्घाटन सँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २००जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरु लाई आवश्यकऔषधि निःशुल्क उपलब्ध गराइएको छ ।

यस सँगै जनता बैंकको शाखा संजाल पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल१३५ पुगेको छ । यस सगै बैंकले ५०शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here