गुणस्तरीय शिक्षा सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा जनता बैंकको सहयोग
काठमाडौं, साउन २६, २०७६।
जनता बैंकबाट गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन लाई रु. २ लाख सहयोग प्रदान गरिएको छ । रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँग को सहकार्यमा आगामी भदौ ७ देखि ९ गते सम्म आयोजना गरिने गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा देशको बिभिन्न स्थान बाट आउने १० जना राष्ट्रिय वक्ताको लागि प्रायोजन स्वरुप उक्त सहयोग प्रदान गरेको हो ।उक्त सहयोग रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यले रातो बंगाला फाउण्डेसनको प्रोग्राम अफिसर श्री स्मृति पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
‘बिद्यार्थी केन्द्रीत शिक्षामा प्रतिबद्धता मूल मर्म रहेको उक्त सम्मेलनमा पूर्व प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दिगो बिकासमा शिक्षा जस्ता विषयहरु समेत समेटिने छन् ।राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहने सम्मेलनमा पूर्व विद्यालय शिक्षा देखि विद्यालय तह सम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनैतिक तथा विविध विषयमा छलफल हुनेछ ।
Advertisement
जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगत बर्षहरु देखि नै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरु लाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।
जनता बैंकले हाल देश भरी बाट गरि कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा र ३ एक्स्टेन्सन काउण्टरबाट ग्राहकहरु लाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अत्याधुनिक प्रविधि युक्त मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

