किशनलाल दुगड ‘जैन समाज रत्न’ सम्मानबाट सम्मानित

Jain Samaj Ratna Awards
Share It On:

१५ असोज, काठमाडौं । 

के.एल. दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगडलाई भारत जैन महामण्डलले भारतको मुम्बईमा २२ सेप्टेम्बर २०२४ का दिन भव्य कार्यक्रमको आयोजना गरी ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ ।
यो सम्मान भारतको लोकसभाका सम्माननीय सभामुख ओम बिरलाले प्रदान गर्नु भएको थियो । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेफाली व्यक्तित्व हुनुहुन्छ ।
कार्यत्रममा सम्माननीय सभामुख, प्रधानन्यायाधीश धनन्जय चन्द्रचुड लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदाय भित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ ।
सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ ।

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *