आईटी ओलम्पियाड आयोजना हुँदै

IT Olympiad quiz contest
Share It On:

२५ असार २०७९, काठमाडौं ।

आइटी ओलम्पिएड नेपाल र सजिलो पेको प्रमुख आयोजनामा दोस्रो नेपाल आइटी ओलम्पिएड प्रतियोगिता २०२२ हुन लागेको हो ।

कुनै पनि शुल्क नतिरी प्रतिष्पर्धामा उपस्थित हुन पाउने उक्त कार्यक्रम नेपालका विधालायहरुको शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधार समेत बन्ने कुरा बिज्ञहरु बताउछन। विधालायाहरुको शैक्षिक गुणस्तर बढाउन हौसला पुग्न सक्ने अनुमान समेत लगाउन थालिएको उक्त कार्यक्रम असार २५ गते शुरु भई साउन १४ गते सकिनेछ।

पुर्व संचार तथा प्रविधि मंत्री गणेश शाह, आईओई त्रिभुवन विश्वविधालयका प्राध्यापक डा. सुवर्ण शाक्य, नेशनल ईनोभेसन सेन्टरका प्रमुख महावीर पुन, नेपाल टेलिकमका प्रमुख हरि प्रसाद बश्याल, र विज्ञान तथा प्रविधि शाखा त्रिभुवन विश्वविधालयका सहायक प्राध्यापक नबराज पौडेलको बोर्ड अफ ट्रस्टि रहेको उक्त कार्यक्रम नेपालका सात ओटै प्रदेशमा अनलाईन माध्यमबाट हुन लागेको हो।

रास्ट्रीय स्तरको प्रतिस्पर्धा उक्त कार्यक्रममा विभिन्न माध्यमिक विद्यालयहरुले आफ्ना विधार्थीहरुलाई प्रतिष्पर्धा गराउन सक्ने छन् भने आफ्ना विधार्थीहरुलाई प्रविधिको उपयोग र विकाशमा समावेस गराई आफ्नो विधालय को नाम चिनाउनुका साथै प्रविधिको नविनातामा अग्रसर हुन सक्ने कुरा आइटी ओलम्पिएड नेपालका अध्यक्ष श्री शंकर प्रसाद शर्मा बताउछन।

हरेक प्रदेश बाट एक-एक ओटा विधालयलाई प्रतिनिधित्व गर्दै उत्कृस्ट सात प्रदेशका ७ विधालयका विधार्थीहरु रास्ट्रिय स्तरको प्रतिस्पर्धामा पुग्ने र विधार्थीले विभिन्न पुरस्कार तथा राशि पाउनुका साथै रास्ट्रिय परिचय बनाउन समेत सफल हुनेछन।

परीक्षाले मापन गरिदै आइएको शिक्षा प्रणालीलाई थप प्रयोगात्मक र उपयोगी बनाउन सहायोग पुर्याई प्रविधिमा फड्को मार्ने उदेश्यले शुरु गरिएको उक्त कार्यक्रम चैत्र ७ देखि १७ गते सम्म विभिन्न विधालायाहरुमा संचालन हुनेछ भने विधालय बाट छानिएका उत्क्रिस्ट दुई प्रतिशोपर्धि प्रदेश स्तरको प्रतिस्पर्धामा एउटै टिम भई आफ्नो विधालायाको प्रतिनिधित्व गर्नेछन।
कार्यक्रमलाई नेपाल दुरसंचार प्राधिकरण , नेपाल टेलिकम र आदिम कलेजले प्रा योजन गरेका छन् |


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *