बीमा कम्पनीहरुले अनिवार्य रुपमा आईटि अडिट गर्नुपर्ने

it-guidelines-for-insurance-company

१४,  फागुन २०७६, काठमाडौं ।

बीमा कम्पनीहरुलाई सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्रावधान लागू गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिले हालै सूचना प्रविधि निर्देशका जारी गर्दै सो जानकारी दिएको हो ।

बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले जारी गर्ने नीतिमा अल्पकालीन र दीर्घकालीन सूचना प्रविधि सम्बन्धि रणनीतिहरु संलग्न गरेको हुनु पर्नेछ । यस्तै, बीमा कम्पनीले प्रयोग गरेको प्रणालीलाई व्यवस्थित गर्न कम्पनीले सूचना प्रविधि प्रणालीको लेखापरीक्षण आवश्यक रहेको उल्लेख गरेको छ ।

सो निर्देशिका अनुसार बीमकले ईजाजत पत्र प्राप्त सूचना प्रविधि सम्बन्धी परीक्षकबाट वार्षिक रुपमा आफ्नो सूचना प्रविधि प्रणालीको परीक्षण गर्नुपर्ने छ ।  त्यसैगरि निर्देशिका अनुसार सूचना प्रविधि विपत ब्यवस्थापनको लागि योजना तयार गरी कार्यान्वयन गर्नुपर्नेछ भने डाटा सेन्टरको रिकभरी, डाटा तथा पावर तथा प्रणालीको ब्याक अप, सूचनाको सूरक्षा लगायतका विषयहरु समेटिएको छ ।

‘हालसम्म बीमा कम्पनीहरुले आफ्नो वेव साइट प्रयोगमा ल्याएका थिए सोही मार्फत काम गर्थे, अहिले यो प्रणाली लागु गर्न खोजेका छौं’, उनले भने । बीमा कम्पनीहरुले हार्डवेयर तथा सफ्टवेयर वा सो सम्बन्धि सक्कली उत्पादन मात्र प्रयोग गर्न पाउने छन् । त्यस्ता सक्कली ईजाजतपत्र लाइसेन्स समेत राख्न समितिले अनिवार्य गरेको छ ।

निर्देशनमा कम्पनीहरुलाई सक्कली उत्पादनहरु प्रयोग गर्न भनिएको छ भने हार्डवेयर तथा सफ्टवेयर वा सो सम्बन्धी सक्कली उत्पादनहरु प्रयोग गरेर लाईसेन्स राख्नुपर्ने प्रावधान राखिएको छ । सूचना प्रविधिको प्रणालीको रेखदेखका लागि बीमा कम्पनीले छुट्टै प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्नेछ र त्यस्तो कर्मचारीको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा तोकिएको हुनपर्नेछ ।

कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र समितिलाई वार्षिक प्रतिवेदन पठाउनु पर्ने छ । साथै, बीमकको वेभ साइट सम्बन्धी व्यवस्था, २०६५ खारेज गरिएको समितिले जनाएको छ ।

बीमा कम्पनीहरुले सूचना प्रविधि प्रणालीको संचालन तथा प्रयोग सबै शाखाहरुमा गर्नुपर्नेछ भने आफ्नै डाटा सेन्टर राखिनु पर्नेछ । बीमकले आफ्नै भौतिक डाटा सेन्टर स्थापना गर्नुपर्ने प्रावधानका साथमा रिकभरी डाटा सेन्टरको समेत व्यवस्था गर्न भनिएको छ । कम्पनीले नेपालमा दर्ता भई संचालनमा रहेका क्लाउड डाटा सेन्टरको समेत प्रयोग गर्न सक्ने सुविधा दिएको छ ।

सूचना प्रविधि निर्देशिका:-

IT Guideline for Insurance Company, 2076

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here