शनिबारदेखि नास–आईटी एक्स्पो २०२६ : ललितपुरको सानेपामा ३० भन्दा बढी प्रविधि कम्पनीको सहभागिता
५ मंसिर, काठमाडौं।
शनिबारदेखि नास–आईटी एक्स्पो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुँदै
नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको बजार विस्तार, स्टार्टअप प्रवर्द्धन र अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारीलाई केन्द्रमा राखेर मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुँदै छ । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको यस दुई दिने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनीको सहभागिताका साथै पहिलोपटक युरोपेली संघको सहयोगमा स्टार्टअप प्याभिलियन, पिच सत्र र विषयगत प्यानल छलफलसमेत सञ्चालन गरिनेछ ।
नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको बजार विस्तार, स्टार्टअप प्रवद्र्धन र अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारीलाई केन्द्रमा राखेर शनिबारदेखि ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हँुदै छ । दुई दिनसम्म चल्ने एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् भने यस वर्ष पहिलोपटक स्टार्टअप प्याभिलियन र विषयगत प्यानल छलफलसमेत आयोजना गरिनेछ ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक्स्पो आयोजना गर्न लागेको हो । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना हुने एक्स्पो बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।
एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्ने लक्ष्य राखेको छ । नेपाली कम्पनीले विकास गरेका प्रविधि तथा सेवाको स्वदेशमै प्रयोग बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न एक्स्पो उपयोगी हुने नास–आईटीको अपेक्षा छ ।
नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेको बताए । अब ती उत्पादनको बजार विस्तार, नेपालभित्रै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्नुपर्ने उनको भनाइ छ ।
महासचिव श्रेया श्रेष्ठका अनुसार एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र जनशक्तिलाई एकै ठाउँमा जोड्ने अवसर पनि हो । यसबाट खरिदकर्ता, नयाँ उद्यमी र विद्यार्थीले आफूलाई आवश्यक उत्पादन, सेवा तथा व्यावसायिक अवसर पहिचान गर्न सक्ने उनले बताइन् ।
एक्स्पोको पहिलो दिन ‘नेपालदेखि विश्वसम्म’ विषयमा कूटनीतिक प्रतिनिधिहरूसँग छलफल हुनेछ । दोस्रो दिन अमेरिकी बजारमा नेपाली प्रविधि कम्पनीका अवसर र नेपालको आन्तरिक प्रविधि बजार विकासबारे दुईवटा प्यानल छलफल आयोजना गरिनेछ । यसका साथै दुवै दिन प्रविधि कम्पनी र स्टार्टअपले आफ्ना उत्पादन तथा व्यावसायिक योजना प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
युरोपेली संघको सहयोगमा स्थापना गरिएको स्टार्टअप प्याभिलियनमा प्रारम्भिक चरणका कम्पनीले नवीन विचार, उत्पादन र प्रविधिमा आधारित समाधान प्रदर्शन गर्नेछन् । पिच सत्रमार्फत सम्भावित लगानीकर्ता र व्यावसायिक साझेदारसमक्ष आफ्ना योजना प्रस्तुत गर्न सकिनेछ ।
साइबर सुरक्षा, वित्तीय प्रविधि तथा भुक्तानी, व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छ क्षेत्रका कम्पनी सहभागी हुनेछन् । गत वर्ष आयोजित पहिलो संस्करणमा दुई हजार पाँच सयभन्दा बढीले अवलोकन गरेका थिए भने ३० भन्दा बढी कम्पनी सहभागी थिए ।
यस वर्षको एक्स्पोमा आकाशटेल मुख्य प्रायोजक रहेको छ । अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र प्राइक्सा सहप्रायोजक छन् । डिशहोम इन्टरनेट साझेदार तथा किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा रहेका छन् ।
नास–आईटी नेपालका सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूको गैरनाफामूलक संस्था हो । नेपाली प्रविधि उद्योगको विकास, अन्तर्राष्ट्रिय बजार विस्तार र नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित संस्थाले काम गर्दै आएको छ ।
For more: IT Expo 2026 kicks off this Saturday



