क्लासिक टेकले समाचार साइट बन्द गरेको भन्ने समाचार भ्रामक भएको आईस्पानको भनाइ

ispan main logo
Share It On:

१७ भदौ २०७८, काठमाडौं ।

विभिन्न संचार माध्यमहरुमा प्रकाशित ‘क्लासिक टेकको बिराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी‘, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका बिभिन्न शिर्षकहरुमा प्रकाशित समचार प्रती इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान )कोगम्भिर ध्यानार्कषण भएको छ ।

राज्यको चौथोे अङ्गको रुपमा रहेको स्वतन्त्र पत्रकारिताको हामी सदैव सम्मान गर्दै आइरहेका छौ  । हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा पनि प्रतिवद्ध रहेका छौै । सूचना तथा प्रविधिको विकास संगसंगै इन्टरनेट सेवा प्रदायक र आम सञ्चार माध्यम बिचको अन्तरसम्बन्ध नङ र मासुको जस्तै रहेको छ । हामी आमनागरिक सुसुचित हुने अधिकारको लडाइमा सधै संघै रहेका छौं । आमसंचारमाध्यम तथा नागरिकहरुको सुसुचित हुने अधिकारको हामी सर्दैव सम्मान गर्दछौं।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले यस घटनाको बारे सत्य तथ्य बुझ्दा बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिदैँ अतिरन्जितरुपमा समाचार प्रकाशन भएको हाम्रो ठहर छ । यस्ता किसिमका कार्यले हामीलाई दुखित तुल्याएको छ ।

प्राविधिक रुपमा भन्नु पर्दा त्यस संचार माध्यमको धभदकष्तभ ,क्लासिक टेकमा जयकत नभएकोले त्यसको स्वामित्व क्लासिक टेकमा मा नभई अन्तै रहेको हुनाले  त्यसमा पहुँच या नियन्त्रण क्लासिक टेकसंग हुनु असम्भव छ  ।

जनतालाई निरन्तर सूचना प्रवाह गर्ने सम्मानित संचारमाध्यमले कुनै एक संस्थाप्रती पूर्वग्रही भएर लागेको भेटिएकोले यस्ता अतिरन्जित कुरा प्रति नलागी सूचनाको हक बिपरितको कार्य नगर्न पनि हार्दिक अपिल गर्न चाहन्छौं  ।

नेपाल दूरसञ्चार प्राधिकरण (NTA), नेपाल सरकार, सम्मानित अदालतको निर्णय बिना कुनै पनि इन्टरनेट सेवा प्रदायकले संचार माध्यमलाई कहिँ कतै पनि प्रतिबन्ध लगाउने अधिकार नरहेको जानकारी गरौदछौँ । यो कुरामा इन्टरनेट सेवा प्रदायकहरु जानकार भई अक्षर अक्षर नियमको पालना गरिरहेका छन् ।

अतः यस्ता भ्रमपुर्ण, अतिरञ्जित समाचार प्रकाशन तथा प्रसारण गरिनुअघि सम्बन्धित संस्था र ब्यत्तिलाई बुझनुपर्ने पत्रकारिताको सामान्य धर्म निर्बाह गरिदिनु हुन आग्रह गर्दै, स्वार्थ पुर्तिका लागि अर्नगल प्रचार गर्ने ब्यक्ति र सञ्चारमाध्यमहरुलाई जिम्मेवार हुन समेत आग्रह गर्दछौं ।

यस बिषयमा र भविष्यमा यस्ता बिषयमा केहि भएमा इन्टरनेट सेवा प्रदायक संघसंग पनि बुझ्न, राय सल्लाह लिनका लागि विनम्र अनुरोध गर्दछौं ।

For more Information: Press release of ISPAN For Our Biratnagar


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *