असोज २६, २०७७, काठमाडौं ।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको छ । यसै अनुसार नेपालमै पहिलो पटक सन्राइज बैकले आफ्ना ग्राहक बर्गहरुलाई लक्षित गरी मिस्डकल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।
यस सेवाको सुरु सँगै अब देखि सन्राइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्ने छन् । यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सन्राइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनु पर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैकले जनाएको छ ।
हाल सम्म सन्राइज बैंकका ग्राहकहरुले क्गलचष्कभ क्mबचत ब्उउ बाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइल बाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्ने छन् । विद्यमान महामारीको समयमा घरैमा बसीबसी यसरी बिभिन्न सेवाका शूल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहक बर्गलाई भिडभाडबाट हुन सक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैकको विश्वास छ ।