नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो
११ भदौ, काठमाडौं।
भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका हुन् ।
जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले निरन्तर मजबुत समर्थन गर्ने बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका उडान नेपाल पठाउन थालेको हो ।
भारतले पठाएको सामग्रीमा विपद् उद्धार तथा राहतका लागि आवश्यक सामग्री, औषधि र खाद्यान्नका प्याकेटलगायत सामग्री रहेको जनाइएको छ ।
For More: India Relief Flight Nepal

