सुर्खेतमा क्यान इन्फोटेक हुदै, उद्घाटन रोबोटबाट

Share It On:

माघ १० सुर्खेत ।
कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेक यही आउँदो फागुन २४ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ । इन्फोटेक संचालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिँदै इन्फोटेकको उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबोटबाट गर्ने तयारी भइरहेको उनले बताए ।
कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागीता रहने गरी आयोजना हुन लागेको उक्त इन्फोटेकका समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने आयोजकले जनाएको छ ।

यो कार्यक्रमले कर्णाली प्रदेश सरकारले लिएको “समृद्ध नेपालकालागि डिजिटल कर्णाली”अभियानलाई समेत सहयोग पुग्नेः अध्यक्ष प्रेमप्रकाश चन्द

आयोजक क्यान महासंघ सुर्खेतका अनुसार आइएमइ पे मुख्य प्रायोजक रहेको उक्त इन्फोटेकको नाम नै आइएमइ पे क्यान इन्फोटेक राखिएको क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस अघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ । इन्फोटेकमा करिव ७० वटा स्टल रहने आयोजकले पत्रकार सम्मेलनमा बताए । आयोजकका अनुसार इन्फोटेकमा राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुनेछन् भने नेपालमा भित्रिएका नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्यान सुर्खेतका अध्यक्ष चन्दले भने, ‘इन्फोटेकलाई स्तरीय, सभ्य र भव्य बनाउन हरसम्भव प्रयास गरेका छौं । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार संचालन हुनेछन् । सरकारी, गैरसरकारी तथा नीजि क्ष्ँेत्र, शिक्षा तथा विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेख्य सहभागीता हुने अपेक्षा गरेका छौं । यस प्रदर्शनीलाई सुर्खेतको लागि सूचना संचार र प्रविधिको ठूलो प्रदर्शनीका रुपमा लिएका छौं ।’
उक्त इन्फोटेक करिव १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । इन्फोटेकको आयोजनाले कर्णाली प्रदेशमा सूचना संचार र प्रविधिमा जानकारी, प्रचार प्रसारका साथै व्यापार प्रवर्धनमा समेत टेवा पु¥याउने र कर्णाली प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग अपेक्षा आयोजकले गरेको छ । साथै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसंग जोड्नुका साथै स्थानीय मुख्य पर्यटकिय आकर्षण क्षेत्रको हिसावले धार्मिक तथा ऐतिहासिक रुपमा राष्ट्रिय सम्पदा सूचिमा सूचिकृत काँक्रेविहार, बुलबुले ताल, देउतीवज्यै मन्दिर, गोठीकाँडा, घण्टाघर, भेरी र कर्णाली नदी, जाजुरा दह, रारा, थारु होमस्टेलाई प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पु¥याउने लक्ष्य आयोजकले राखेको छ ।
इन्फोटेकमा अन्तरविद्यालय प्रविधि प्रदर्शनी हुनेछ । टिकट व्यवस्थित गर्न आइएमइ पे मार्फत अनलाईन टिकटको व्यवस्था गरिने बताइएको छ । अनलाईन टिकट काट्नेहरुले निःशुल्क टिकट सुविधा लिने छन् भने जसका लागि मोबाईलमा आइएमइ पे डाउनलोड गरि टिकट लिन सकिनेछ । इन्फोटेक विद्यार्थी मैत्री बनाउने योजना अनुसार आयोजकले विद्यार्थी विद्यालयको पोशाक र परिचयपत्रका साथमा आएमा निःशुल्क प्रवेशको व्यवस्था मिलाउने जनाएको छ । तर परिचयपत्र मात्रै भएमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउने जनाइएको छ । नयाँ प्रविधि सहितका प्रदर्शनी, ५ देखि ५० प्रतिशतसम्म सामानमा छुटको व्यवस्था, स्थानीय तथा राष्ट्रियस्तरमा विकास भएका प्रविधिको प्रदर्शनी, स्मार्ट सेमिनार, निःशुल्क कम्प्युटर तथा प्रिन्टर मर्मत क्याम्प, अन्तर विद्यालय प्रविधि प्रतियोगीता, विज्ञान प्रर्दशनी र फ्रि वाईफाई जोन मुख्य आकर्षकका रुपमा रहने बताइएको छ ।
कर्णाली प्रदेश सरकार, स्थानीय निकाय, सरकारी तथा नीजि र संचार क्षेत्रको साथ र सहयोग रहने अपेक्षा आयोजकले गरेको छ ।
For more update: Click Here

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts