आइएमई पेमा रु १ को खेल: उपहार स्वरुप अल्टिमा लाईफ स्टाईलको प्रडक्टहरु
७ माघ, काठमाडौँ ।
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यहि माघ महिना देखि आफ्नो एपमा अहिले नखेले कहिले नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।
यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आबद्ध भई रु. १ खेल सुरु गरेको छ। खेलको उपहारस्वरूप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ।आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफूलाई मनपर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन्।


