आइएमई पेमा रु १ को खेल: उपहार स्वरुप अल्टिमा लाईफ स्टाईलको प्रडक्टहरु
७ माघ, काठमाडौँ ।
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यहि माघ महिना देखि आफ्नो एपमा अहिले नखेले कहिले नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।
Advertisement
यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आबद्ध भई रु. १ खेल सुरु गरेको छ। खेलको उपहारस्वरूप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ।आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफूलाई मनपर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन्।
यसका अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याएको नयाँ प्रडक्ट– अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेमार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ। साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु १५० सम्म) पनि प्राप्त गर्न सक्नेछन्।

