आई.एम.ई.लाइफले पायो केयर एनपी ट्रिपल बि प्लस रेटिङ

IME Life Triple B Plus rating
Share It On:

४ साउन काठमाडौं । 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रेटिङ एजेन्सी केयर नेपालबाट ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ पाएको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी भन्ने बुझिन्छ ।

रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ दिएको थियो । गत आर्थिक वर्ष २०८०।८१ को अवधिमा कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा देखिएको दिगोपनाको वृद्धिका साथै अन्डर राइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो ।

यस कम्पनीले आगामी दिनहरूमा पनि आफ्ना परिसूचकहरू अझै सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *