आईएमई लाइफको च्याटबोट सुरु

IME Life Insurance Chatbot service

२५ मंसिर २०७७, काठमाडौं ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक I.M.E. LIFE 360-Your Virtual Assistant नामको च्याटबोट प्रयोगमा ल्याएको छ । कम्पनीले आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ति तथा संघ संस्थालाई सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गर्न च्याटबाेटलाई प्रयाेगमा ल्याएको हो ।

आफ्ना बीमित, अभिकर्ता र सरोकारवाला व्यक्ति तथा संघ संस्थालाई सूचना प्रविधिकको उच्चतम् प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरु चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह सहज बनाउन २४ सै घण्टा आवश्यक जानकारी दिन सो सेवा शुरु गरिएको कम्पनीले जनाएको छ ।

हाल यो सेवा कमपनीको वेभ साइटमा उपलब्ध रहेको र भविष्यमा कम्पनीको आधिकारिक मोवाइल एप्स र म्यासेन्जरमा समेत उपलब्ध हुने बताइएको छ ।

यसले मूख्यतः बीमित र अभिकर्ता प्रयत्यक्ष रुपमा लाभान्वित हुने र बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

च्याटबोट सेवामार्फत् बीमितले आफ्नो बीमा शुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमा शुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं. परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने छ।

यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रियासम्मको जानकारी यसै च्याटबोटमार्फत् तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here