रसुवा बाढी पीडितको राहतका लागि आईसीटीसी ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
१८ भदौ, काठमाडौं।
रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आईसीटीसी ग्रुप (ICTC Group) ले रु. १ करोड आर्थिक सहयोग प्रदान गरेको छ।
ग्रुपका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठ र सह-प्रबन्ध निर्देशक जयदिन श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
राहत र पुनःस्थापनामा कर्पोरेट दायित्व
रसुवामा आएको भीषण बाढीका कारण ठूलो धनजनको क्षति भएको छ। संकटको यस घडीमा प्रभावित परिवारलाई मद्दत पुर्याउने उद्देश्यले आईसीटीसी ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
चेक हस्तान्तरण कार्यक्रममा ग्रुपका प्रतिनिधिहरूले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
सरकार तथा निजी क्षेत्रको संयुक्त प्रयासबाट मात्रै यस्ता प्राकृतिक विपत्तिका बेला प्रभावित क्षेत्रमा द्रुत गतिमा उद्धार र पुनःस्थापना सम्भव हुने ग्रुपले जनाएको छ।
For more: ICTC Group Donates NPR 1 Crore

