नेपाल चेम्बरका निवर्तमान अध्यक्ष मल्ल‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’बाट सम्मानित
१७ भदौ, काठमाडौं।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ।
शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मल्ललाई प्रमाणपत्रसहित सम्मान गरे। यस अवार्ड मार्फत मल्लको नेपालका औद्योगिक तथा व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको हो।
चार दशकदेखि उद्योग, वाणिज्य र बीमा क्षेत्रमा सक्रिय रहँदै निजी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मल्ल यसअघि नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पदमा रहेर निजी क्षेत्रका मागहरू सरकारसँग जोडेर अघि बढाउन सफल भएका थिए।
Advertisement
सम्मान ग्रहण गर्दै मल्लले भने, “आईकोनिक इन्टरप्रिनरसिप अवार्डले मलाई अझ ठूलो जिम्मेवारी थपेको महसुस भएको छ। नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको समृद्धिका लागि अझै सक्रिय रहन यो अवार्डले हौसला र प्रेरणा दिएको छ।”
अध्यक्ष मल्ल हाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत हुन् र निजी क्षेत्रको विकासमा निरन्तर योगदान दिइरहेका छन्।
For More:-Iconic Entrepreneurship Award Nepal

