रिडिजाइनिङ फेसन भन्ने नाराको साथमा हल्ट प्राइज एट आई ओई हुदै

Hult Prize IOE Pulchowk

१२ मंसिर २०७९, काठमाडौं।

यस सालकै सर्वोत्कृष्ट प्रतिस्पर्धा, हल्ट प्राइज तपाईँहरूकै माझको आइ.ओ.ई., पुल्चोक क्याम्पस मा पुनस् फर्केर आएको छ।

हल्ट प्राइज त पहिले नै पनि तपाईँको चर्चामा पुगेको थियो होला। छैन भनेपनि चिन्ता नलिनुहोला, किनकि सधैँ पनि सबैको रोजाइमा परिरहेको हल्ट प्राइज, अनन्त सुरु हुन गैरहेको छ, र पहिलो कार्यक्रम अभिमुखीकरण मङ्सिरको १६ गते दिउँसो ३ बजे बाट आरम्भ हुने छ ।

यसपाली प्रतियोगिताको प्रसङ्ग “रिडिजाइनिङ फेसन” रहेको छ ।

तपाईँहरूले जान्नुपर्ने हरेक कुराको सन्दर्भ यहाँ ल्याइने छ र तपाईँहरूका आफ्ना जिज्ञासाहरुका उत्तर पनि पाउनुहुने हुनाले आफ्नो आफ्नो पात्रो हेरी समय मिलाएर कार्यक्रममा सहभागी भइदिनुहुन आह्वान गर्दछौ ।

हल्ट अ्याट आइ.ओ.ई. यस निकाय को अग्रगामी रहेका हुनाले यसको अस्तित्व सधैँ कायम रहिआएको छ । गतसाल भने पनि मेजरमी डट् ए आइ लाई सर्वोक्च स्थानमा देखिएको थियो ।

क्याम्पस सञ्चालक, आइ.ओ. ई. अन् क्याम्पस्को प्रतिनिधित्व गर्दै नाइरोबी, केन्यातर्फ प्रस्थान गर्नुभएको थियो । अझ पनि, आइ.ओ.ई अन् क्याम्पसको विजयी टोलीले, ग्लोबल एक्सेलेरेटर तह सम्म पुगेर आफ्नो परियोजना बस्टन, युएस्ए मा प्रस्तुत गर्न पाएको थियो ।

यो पुल्चोक क्याम्पसका लागि निकै नै गर्वमय कुरा हो ।

मङ्सिर १६ गते सञ्चालन हुन गइरहेको अभिमुखीकरण कार्यक्रममा, सर्वप्रथम तपाईँहरूलाई हल्टसँग परिचय गराइने छ । त्यसपछि पुल्चोकमै सन्चालन हुन गइरहेको यो प्रतियोगितमा दर्ता हुनका निमित्त सारा आवश्यकता र प्रक्रियाहरूको वर्णन गरिने छ ।

हल्ट अ्याट आइ.ओ.ई. का क्याम्पस सञ्चालकले पनि आफ्ना केही शब्दले प्रोत्साहन दिनुहुने छ । आशा छ, उत्साह र उमाङ्गका साथ सुनिदिनुहुने छ ।

तपाईँहरूका निकै प्रश्न होलान्, सबै कुराहरु नबुझ्नुहोला, तर डर नमानी आफ्नो प्रश्न लिएर आउनुहोला, सबै अन्यौल यही कार्यक्रममा डाँडा काट्ने छन् ।

गतसालका अन् क्याम्पस्स विजेता, मेजरमी डट् ए आइ पनि मञ्चमा प्रस्तुत हुनुहुने छ, त्यसैले उहाँहरुको रोमाञ्चक र निकै अवसरले भरिपूर्ण यात्राको बारे पनि बुझ्न पाउनुहुने छ ।

कुनै पनि कार्यक्रम को आकर्शण त अतिथी महानुभवले नै बढाउनुहुने गर्दछ, त्यसैले यस साल्, रिडिजाइनिङ फेसनू प्रसङ्ग रहेकाले हाम्रो अभिमुखीकरण कार्यक्रममा फेसनका धुरन्धर व्यक्तित्वहरू त माझैमा हुनुहुने छ भन्ने त पक्कै पनि ठम्याउनुभएको होला ।

“वामा” ब्रान्डका निर्माता, वरदान देवकोटाको पनि केही शब्द सुन्ने अवसर पाउनुहुने छ ।

यतिमात्र नभई, हल्टले तपाईंहरूको दिन अझै मनोरन्जक बनाउनका निमित्त विभिन्न नाचगान र अन्य रोमान्चक कार्यक्रमहरू प्रदर्शन गर्ने छ ।

यस सालका साधारण प्रायोजक, टास्केड र डिजिटल ओसन र प्रस्तोता प्रायोजक प्रोटोजोआहोस्टको सहयोगले यो कार्यक्रम अझ रोचक बन्न आबद्ध छ ।

हल्ट प्राइज एट आईओई शीर्षक प्रायोजक मस्तकला रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here